गजल ~भूईझरी कुल्चिएको फूल भएछु म।


भूईं झरी कुल्चिएको फूल भएछु म।
प्यासीको प्यास मेट्ने मूल भएछु म।

 च्यापिए दुबै बाट परेर दोसांधमा,
 दुई ढुङ्गा बिचको तरुल भएछु म। 

 आफू त यथास्थिति मै रमाएर पनि,
 सबैलाई तार्ने पारी पुल भएछु म। 

 सकिए म आफै लुटाएर सबै सबै,
 दुनियाँकै प्यासी काकाकुल भएछु म।   

   एन के पुरन


Previous Post Next Post