गजल~तिम्रै सपनाहरु बोकि उड्छु पलपलमा।




तिम्रै सपनाहरु बोकि उड्छु पलपलमा।
नाम तिम्रै लेख्छु म त मेरा गजलमा।

सम्झना तिम्रो मेटिएन जतिगर्दा पनि,
तस्बिर तिम्रो घुम्छ मेरो मानस्पटलमा।

साँचो मनले मागेपछि पाइन्छ रे पनि,
तारा झर्दा मात्र तिमी माग्छु झलमलमा।

आशा छ र माया गर्छु स्वार्थी चैँ नभन ल,
के दिन्छौ मैले माया गरेको प्रतिफलमा।


Post a Comment (0)
Previous Post Next Post