गजल~जताततै जालि नाता जोड्नेलाई बधाई।


जताततै जालि नाता जोड्नेलाई बधाई।
फसाइ निर्दोष मन तोड्नेलाई बधाई।

निर्मोहिलाई चोखो माया आखिर के पच्थ्यो,
साथ दिन्छु भनि आफै छोड्नेलाई बधाई।

जुन पाए तारालाई कस्ले पो सम्झन्थ्यो र,
निष्पाप मायाको फूल गोड्नेलाई बधाई।

शिशिरको तुषारो नि सहन सक्नु पर्थ्यो
बसन्त तिर पाइला मोड्नेलाई बधाई।

1 Comments

Post a Comment
Previous Post Next Post