फेरी तिम्रो याद आयो


याद बनि एउटा मान्छे आउँछ घरिघरि।
संगै बितेका पलले झस्काउँछ घरिघरि।
भेटिएर छुट्नु पर्ने रित किन बस्यो कुन्नि,
छुटे पनि मनले साथ पाउँछ घरिघरि।
                   पाउने र गुमाउने प्रकृया त चलिनै रहँदो रहेछ। घामलाई उदाए पछि अस्ताउनै पर्छ,फूललाई फूले पछि झर्नै पर्छ तर मालिको मन नहो कताकता चस्किदो रैछ।हजार सपना सजाएर भावनामा डुब्नेहरु डुबिनै रहँदा रहेछन्, तर माझीभने डुङ्गामा शयर गर्दै कहाँ पुग्छ कहाँ?हुन त साथ निभाउन सक्ने भए किन त्यस्तो हुन्थ्यो होला र?
                   यात्रा नहो जिन्दगी, भेटिनेहरु सबै संग सहयात्रा गर्न त कहाँ मिल्थ्यो र?कुनै न कुनै समय दोबाटोमा त पुग्नै पर्छ।तर कतिपय यस्ता मोडहरु हुँदारहेछन जहाँ नचाहेर पनि मोडिनु पर्दोरहेछ, अनि त नभएको ठाउँमा पनि सिर्जना हुन्छ 'दोबाटो' अनि पर्छ छुटिन। तर त्यहि छुटिनेहरुको सम्झनाले सताउँदोरैछ घरिघरि, त्यहि एक्लो बनाउनेहरुको माया लाग्दो रैछ सँधैभरि!
निष्ठुरीको माया मलाई किन यति धेरै लाग्छ।
भमराले चुमेको फूल पनि अँझै मेरै लाग्छ।
यो सम्झिने मन छ मेरो बिर्शु भन्छु मान्दैन झन्,
आलै छ घाउ अँझै पनि खाटा बस्न बेरै लाग्छ।
                     तिमी आफै भन, यादहरु
किन लगिनौ तिमी संगै, आफू जानु नै थियो त यादहरु किन छोडेर गयौ?म दाबाका साथ भन्छु तिमी संग छैन तर म दिन्छु यसको उत्तर सुन तिमीले तिमी जस्ती निष्ठूरी थिएनन् तिम्रा यादहरु, हो तिमी जस्ती स्वेच्छाचारी थिएनन् तिम्रा सम्झनाहरु। आज
तिम्रो बियोगमा रोएको मेरो मनलाई ढाडस
दिन तिम्रो सम्झना आयो हो दुखेको मन
बहाउन फेरी तिम्रो याद आयो!!!!!!!!

Post a Comment (0)
Previous Post Next Post