बिजया दशमीको शुभकामना


जमरा र रातो टिका लाउँला दशैँमा।
टिकालगाई दहि च्युरा खाउँला दशँमा।
साथीमिली लिङ्गे पिङ हालि चहुरमा,
पिङ खेल्दै साथैमा रमाउँला दशैँमा।
सराँय नाच हुन्छ देवी कोत कोतमा,
साथीमिली मेला हेर्न जाउँला दशैँमा।
संगै हुन्छन् लाहुरे ती दाजुभाई पनि,
खुशीको गीत रमाई गाउँला दशैँमा।
हिन्दुहरुको महान् चार्ड बिजया दशमीको पावन अवसरमा देश बिदेशमा रहनुहुने नेपालीको सुख शान्तीको कामना!
दुर्गामाताको आशिर्बाद मिलोस्!!

Post a Comment (0)
Previous Post Next Post