संधै राति तिम्रै यादमा हुन्छ यौटा मान्छे

संधै राति तिम्रै यादमा हुन्छ यौटा मान्छे।
सम्झिएर तिमिलाई नै रुन्छ यौटा मान्छे।

चोट त देखिदैन प्रेम पिडा हो कि कतै
दुखेको जस्तै गरि छाँति छुन्छ यौटा मान्छे।

तिम्रो बारे नराम्रो सुन्दा गह भर्छ तर
राम्रो कुरा सुन्दा ध्यानले सुन्छ यौटा मान्छे।

माया पनि कति सम्म गर्न सक्छन् है सानु
तिमी खुशी देख्ने सपना बुन्छ यौटा मान्छे।

एन के पुरन प्यूठान 
Post a Comment (0)
Previous Post Next Post