विखण्डनको आगो देशमा बलि'राछ आमा


गजल
विखण्डनको आगो देशमा बलिरा'छ आमा, 
सिमा तिर जंगे पिलर ढलिरा'छ आमा। 

कस्तो हो यो संघियता दाजु-भाई लडाउने, 
तिम्रो छाति टुक्र्याउन चाल चलिरा'छ आमा। 

बुद्धका ती शान्तीवाणी उपहास भएका छन्, 
बारुद सरि देशको माटो जलिरा'छ आमा ।

विस्तारवादी चंगुलमा फस्यो जब यो देश, 
भित्र भित्रै सगरमाथा गलिरा'छ आमा। 

सर्वाधिकार © : Puran NK
Post a Comment (0)
Previous Post Next Post